चितवन र पोखरामा नेपाल एम्बुलेन्स सर्भिसको सेवा विस्तार
काठमाडौं, जेठ १९–नेपाल एम्बुलेन्स सर्भिसले दक्ष स्वास्थ्यकर्मी सहितको थप दुई स्थानमा एम्बुलेन्स सेवा बिस्तार गरेको छ । सर्भिसले चितवन र पोखरामा आकस्मिक एम्बुलेन्स सेवा संचालन सुरु गरेको हो । अहिलेसम्म संस्थाले काठमाडौं उपत्यकाभरी सेवा प्रदान गरिरहेकोमा नयाँ स्थानहरुमा थप सेवा बिस्तार गरेको हो । संस्थाको नयाँ सेवा बिस्तार पछि ३ स्थानामा सेवा संचालन हुनेछ । हाल संस्थाले ११ वटा एम्बुलेन्स मार्फत उक्त स्थानमा सेवा प्रदान गर्दै छ । सो स्थानमा संस्थाले २४ सै घण्टा आकस्मिक एम्बुलेन्स सेवा प्रदान गर्नेछ । सेवा लिनका लागि सेवाग्राहीले आकस्मिक एम्बुलेन्स सेवाको १०२ नम्बरमा फोन गर्नु पर्ने जनाइएको छ । सरकारले तोकेको न्यूनतम शुल्कमा संस्थाले आकस्मिक एम्बुलेन्स सेवा प्रदान गर्दै आईरहेको छ । संस्थाले असार १ गतेदेखि रुपन्देहीको बुटवल र भैरहवामापनि आकस्मिक एम्बुलेन्स सेवा संचालन गर्ने तयारी गरिरहेको छ । महा विनाशकारी भूकम्पको समयमा पनि संस्थाले आकस्मिक एम्बुलेन्स सेवा मार्फत ७ दिनमा ६७८ जनाको जीवन उद्धार गर्न सफल भएका थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण