शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

मेरो कार्यकाल सफल : संचार मन्त्री

आइतबार, २१ जेठ २०७४, १६ : ४५
आइतबार, २१ जेठ २०७४
जेठ २१, काठमाडौं -सूचना तथा संचारमन्त्री सुरेन्द्रकुमार कार्कीले आफ्नो कार्यकाल सफल रहेको बताएका छन् । मन्त्री कार्कीले काम गर्ने क्रममा थुर्पैैै दवाव आएपनि आफू त्यसको प्रभावमा नपरेको दावी समेत गरे । आफ्नो १० महिने कार्यकालमा गरेको कामबारे जानकारी दिन आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले मन्त्रीको रुपमा आफूले अलि भिन्न ढंगले काम सम्पन्न गर्न पाएको उल्लेख गर्दै खुसी पनि व्यक्त गरे । मन्त्री कार्कीले आफूले थुप्र्रै दवावलाई पन्छाएर देश र जनताको हितको पक्षमा काम गरेको दावी समेत बताए । मन्त्री कार्कीले आफ्नो दश महिने कार्यकालमा संघीय ढाँचा अनुसारका काम कार्वाहीलाई मुख्य प्राथमिकता दिइएको पनि स्पष्ट पारे । उनले सात वटै प्रदेशमा पत्रकार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने, राष्ट्रिय आमसंचार नीति, २०७३ लाई कार्यान्वयनमा लैजाने, दुरु संचार क्षेत्रलाई गुणस्तरीय बनाउन आवश्यक निर्देशिका बनाउने लगायतका महत्वपूर्ण कार्यहरु आफूले गरेको पनि उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप