विराटले पेप्सीसँगको ६ वर्ष लामो सम्झौता तोड्दै भने, ‘जुन कुरा म आफैं पिउन सक्दिनँ अरुलाई कसरी भनूँ’
एजेन्सी
जेठ २१ – भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले कोला इन्डष्ट्रिलाई मज्जाले झड्का दिएका छन् । उनले कोलाको विज्ञापन गर्न अस्विकार गरेका छन् । वास्तवमा, चीनी र कार्बोनेटेड पेय पदार्थले स्वास्थ्यमा पुर्याउने खतरा बिच विराटले यस्तो निर्णय गरेका हुन् । विराट पछिल्लो ६ वर्षदेखि पेप्सीसँग जोडिएका छन् । सम्झौता समाप्त भएपछि पेप्सीले उनीसँगको सम्झौता अगाडि बढाउन चाहेको थियो ।
बेलायतमा आइसीसी च्याम्पियन्स ट्रफी खेलिरहेका विराटले एक च्यानलसँग भने, ‘योभन्दा हिले मैले जुन कुरा अपनाएँ, म त्यसको नाम लिन चाहन्नँ, तर मलाई लाग्छ कि अब म आफूलाई त्योसँग जोड्न सक्दिनँ । यदि म आफू नै यी कुराहरु खान र पिउन सक्दिनँ भने आफ्नो कमाईको लागि मात्र मानिसलाई कसरी खान र पिउन सल्लाह दिन सक्छु ?’
विराट अहिले १८ ब्रान्डसँग जोडिएका छन् जसमध्ये एमआरएफ टायर्स, टिसोट वाच, प्यूमा स्पोर्ट्स गियर, कोलगेट ओरल केयर, ओडी कार्स र स्यामसनाइट लगेजजस्ता ब्रान्ड समावेश छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण