बानेश्वरका २२ बर्षिया अक्षय ‘मिस्टर नेपाल २०१७’
काठमाडौं, जेठ २१ – बानेश्वर निवासी २२ बर्षिया अक्षय रायमाझी ‘मिस्टर नेपाल २०१७’ घोषित भएका छन् । २८ प्रतिष्पर्दीलाई पछाडी पार्दै रायमाझीले उपाधि चुमेका हुन् । उनले अभिनयका लागि बिभिन्न अवसरका साथमा थुप्रै गिफ्ट समेत हात पारेका छन् । रायमाझीले २०१७ मा आयोजना हुने ‘मिष्टर वल्र्ड’मा नेपालको प्रतिनिधित्व गर्नेछन् । त्रिभुवन आर्मी अफिसर्स क्लबमा शनिबार अबेर साँझ सम्पन्न प्रतियोगितामा धुर्व बुढाथोकी, आषिस ताम्राकार क्रमस फष्ट रनर अप र सेकेन्ड रनर अप घोषित हुँदा डा. श्रीराम चन्द, अमृत दाहाल क्रमश फष्ट थर्ड रनर अप र फोर्थ रनर अप चुनिए । सबै बिजेताले उपाधिका साथमा विभिन्न उपहार समेत प्राप्त गरे । अभिनेता रेश मरहठ्ठा, गायिका कोमल वाली, अभिनेत्री सरिता लामिछाने, खुस्बु खड्का, सन्दीप पोखरेल, नवराज श्रेष्ठ, सुनिल रावल, जगदिस्वर थापा, शैलजा आचार्य लगायत निर्णायक रहेको प्रतियोगीता युवाहरुको प्रतिभालाई प्रोत्साहित गर्नुका साथै समाजमा जिम्मेवार नागरिक बनाउने उद्देश्यले आयोजना हँुदै आएको आयोजक एक्सपोज नेपालमा म्यानेजिङ डाइरेक्टर अर्चना थापाले बताइन् । उद्योग मन्त्री नबिन्द्रराज जोसी मुख्य अतिथी रहेको कार्यक्रममा कलाकार किरण केसी, चलचित्र प्रेम गीतका हिरो प्रदीप खड्का, निर्माता सन्तोस सेन, कलाकार रवि गिरी, पत्रकार कुबेर गिरी, श्याम अर्याल लगायत खेलकुद तथा अन्य क्षेत्रका बिभिन्न ब्यक्ति सम्मानित भए । १६ देखि ३५ बर्ष ननाघेका उत्साही युवाहरु सहभागी प्रतियोगीता युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धी, क्षमता उजागर लगायतका प्रशिक्षण सहित प्रतियोगीलाई अन्तिम स्पर्धामा उतारेको बताउँदै एक्सपोज नेपालका अध्यक्ष दिनेश शाहीले आगामी वर्षमा प्रतियोगीता झन् आकर्षक तवरले प्रस्तुत गरिने बताए । इमेज च्यानल टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको प्रतियोगीतामा शुशिल नेपाल, कला सुब्बा र रोजिन शाही प्रस्तोताको रुपमा रहेका थिए । गीत, नृत्य र हाँस्यको बेजोड प्रस्तुतिका बिच सम्पन्न प्रतियोगीतामा थुप्रै कलाकारको पनि उपस्थिती रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण