रुकुममा करिब चार लाख किलो खोटो सङ्कलन
रुकुम, २१ जेठ । यस वर्ष जिल्लामा करिब चार लाख केजी खोटो सङ्कलन भएको छ । गत साउन महिनादेखि अहिलेसम्म नौ महिनाको अवधिमा तीन लाख ८५ हजार ८० केजी खोटो उत्पादन भएको जिल्ला वन कार्यालयले जनाएको छ ।
गत वर्ष दुई लाख ५९ हजार ३१६ किलो खोटो सङ्कलन भएको थियो । गत वर्षको तुलनामा यो वर्ष एक लाख २५ हजार ७६४ किलो बढी खोटो सङ्कलन गरिएको जिल्ला वन अधिकृत जगन्नाथप्रसाद जयसवालले जानकारी दिनुभयो । यो वर्ष गत वर्षको तुलनामा बढी सामुदायिक वनबाट खोटो सङ्कलन गरिएकाले खोटो सङ्कलन बढेको उनले बताए । गत वर्ष ३० ओटा सामुदायिक वनमा रहेका सल्लाका रूखबाट खोटो सङ्कलन गरिएको थियो भने यो वर्ष ३९ ओटा सामुदायिक वनमा रहेका सल्लाका रूखबाट खोटो सङ्कलन गरिएको उनको भनाइ छ ।
खोटो सङ्कलनबाट सामुदायिक वनले यो वर्ष ३२ लाख ७१ हजार ३०० आम्दानी गरेका छन् । खोटो सङ्कलन बढेकाले आम्दानी पनि बढेको जिल्ला वन कार्यालयको भनाइ छ । गत वर्ष रु २० लाख ७४ हजार ५३३ आम्दानी भएको थियो । यस वर्ष गत वर्षको तुलनामा करिब रु १० लाख बढी आम्दानी भएको छ । जिल्लामा हरेक वर्षको चैत महिनादेखि कात्तिक महिनासम्म खोटो सङ्कलन हुने गरेको जिल्ला वन कार्यालयले जनाएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण