नेपाली तारा सन्तोषको ‘कोहि त बताइदेउ’मा यमुना
आइतबार, २१ जेठ २०७४, १७ : ०२
काठमाडौं, जेठ २१ – दोस्रो नेपाली तारा सन्तोष लामाको स्वर रहेको ‘कोहि त बताइदेउ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
आफ्नो मन, कसले सुरुवात ग¥यो’ लगायतका चर्चित गीतबाट चिनिएका गीतकार कृष्ण केसीको शब्द गीतमा रहेको छ ।
युट्युव मार्फत सार्वजनिक गीतको भिडियोमा सुमन कडेल, यमुना गैरेको मोडलिङ रहेको छ । जीवन रसाइलीको सम्पादन, छायाँकन र निर्देशन रहेको भिडियो आकर्षक बनेको छ । भिडियोमा कसैसँग माया किन हुन्छ ? भन्ने प्रश्नको जवाफ खोजिएको छ ।
हरि लम्सालको संगीत रहेको गीतमा सन्तोष लामाको स्वर छ । ‘दोश्रो नेपाली तारा’ सन्तोष नेपाली चलचित्रको पाश्र्व गायनदेखि आधुनिक र पप गायनमा अहिले भिजेका छन् ।
‘बेहुली, बटुवा’ जस्ता गीत बजारमा ल्याइसकेका सन्तोषले चलचित्र ‘विर्खेलाई चिन्छस्, प्रेमगीत’ जस्ता चलचित्रमा समेत स्वर दिइसकेका छन् ।
गीतले आफ्नो गायकन करियरलाई नयाँ उचाइ दिने गायक सन्तोषले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण