शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

छुटेलगत्तै फेरि समातिए विप्लवका चार कार्यकर्ता

आइतबार, २१ जेठ २०७४, १७ : १८
आइतबार, २१ जेठ २०७४
सल्यान, जेठ २१– सल्यानमा चुनाव विरोधी गतिविधि गरेको आरोप लागेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका ४ जना कार्यकर्ता धरौटीमा छुटेको केहि मिनेटमै पुन पक्राउ परेका छन् । एक महिनाअघि प्रहरीले समातेर हिरासत र कारागारमा १ महिना भन्दा बढि बसेका ति कार्यकर्तालाई आइतबार जनही ५÷५ हजार धरौटीमा छुटेपनि बाहिर निस्कने वित्तिकै पुन समातिएको हो । छुट्ने वित्तिकै पक्राउ परेका शारदा नगरपालिका १ का घनश्याम वि.क., दार्म गाउँपालिका ३ का मोहन के.सी., ढोरचौर गाउँपालिका १ का सुकलाल बस्नेत र रोल्पा सुकिदह गाउँपालिका ४ का टोप बहादुर डाँगी छन् । सल्यानका प्रमुख जिल्ला अधिकारी भरत कुमार बुढाथोकीले अदालतको आदेश अनुसार धरौटीमा छाडेको निर्वाचनका बेला नराम्रो गतिविधि हुने भएकाले गृह मन्त्रालयकै निर्देशन अनुसार पुन समातिएको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप