शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

‘ब्रिटिस आर एन्ड बी’ गायक जेसनको राजधानीमा कन्सर्ट

आइतबार, २१ जेठ २०७४, १७ : ३२
आइतबार, २१ जेठ २०७४
काठमाडौं, जेठ २१ – बेलायतका चर्चित अँग्रेजी गायक जेसनले काठमाडौंमा एकल कन्सर्ट गर्ने भएका छन् । १४ असार मा उनले काठमाडौंको दरबारमार्ग स्थित ‘डेजाभु’ क्लबमा ‘जेसन साँझ’ नामक कार्यक्रम गर्ने भएका हुन् । सो कार्यक्रममा उनी डेढ घन्टासम्म आफ्ना विश्व चर्चित गीतसँगीतका साथ प्रस्तुत हुनेछन् । ‘ब्रिटिस आर एन्ड बी’ जनरका गायक जेसन सन २००९ देखि सन् २०१२ सम्म चार वर्ष लगातार बेलायतमा पहिलो नम्बरका गायक रहे । उनले सन २००८, २००९ र २०११ गरी तीन पटकसम्म बेलायतकै उत्कृष्ट बिएमआई सङ साईटर अवार्ड जितेका हुन् । अमेरिकामा समेत दुई पटकसम्म उत्कृष्ट दश गायक भित्र पर्न सफल यिनै कलाकार जेसनलाई अब काठमाडौंमा प्रत्यक्ष सुन्न र देख्न पाईने भएको छ । युहान इन्टरनेशनल इभेन्टस्ले ‘ब्लाक रिलिजन’ सँगीतिक सँृखला अन्तर्गत पहिलो सँृखलामा जेसनलाई काठमाडौंमा प्रस्तुत गर्न लागेको हो । सामाजिक सञ्जाल फेशबुकमा ७० लाख र टिवटरमा ४० लाख भन्दा बढी फलोअर भएका जेसन सँगीतिक कार्यक्रमका लागि आफ्नो डिजे र टिम सहित २७ जुनमा काठमाडौं आउने छन् । खानका अनुसार अमेरिकाको न्यूयोर्कमा बस्दै आएका उनी अमेरिकाबाट सोझै नेपाल आउन लागेका हुन । २८ जुन बेलुकाका कार्यक्रम सकेर उनी २९ जुनमा अमेरिका नै फर्कने छन् । जेसनले काठमाडौंको साँगीतिक साँझमा राईड इट..., मेक माई लभ..., स्टोलन..., डाउन डाउन..., आइ एम अल योर्स..., लाईक दिस लाईक द्याट..., डान्स विद यु..., स्टे...ह्वेर यु डु गो..सहित आफ्ना हिट डेढ दर्जन गीत गाउने छन् । नेपालका जेसनका प्रशँसकहरुको चाहना अनुसार उनको एकल कन्सर्ट राखिएको पनि युहान इन्टरनेशल इभेन्टसका प्रबन्ध निर्देशक खानले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप