शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

नेताहरुबीच बाहिर आरोप–प्रत्यारोप, भित्र हाँसिमजाक !

आइतबार, २१ जेठ २०७४, १७ : ४०
आइतबार, २१ जेठ २०७४

काठमाडौ, जेठ २१ – केही दिनयता प्रमुख राजनीतिक दलका नेताले एकले अर्कालाई यति चर्को स्वरमा गाली गरेका थिए, कि जुन सुन्दा लाग्थ्यो उनीहरु एकअर्कामा भेटभए भने ठोकाठोक नै त गर्दैनन ? नेताहरुका चर्का अभिव्यक्ति सुन्ने जो कसैले यस्तै अनुमान लगाउथे । तर, यो अनुमान गलत भएको छ । एक अर्कामा खटपट र आरोपप्रत्योप अनि संसद अवरोध भइरहेका वेला आईतबार बानेश्वरमा सभामुखले बोलाएको तीन दलको बैठकमा पनि नेताहरुवीच ठुलै भनाभन हुने हो कि भन्ने अड्कलबाजी भइरहेको थियो । तर, तीन दलको बैठकमा नेताहरुको मुहार हेर्दा उनीहरुवीच कुनै विवाद र मनमुटाव नै छैन भन्ने सहजै बुझ्न सकिन्थ्यो । तीन दलको बैठकमा अनुमान विपरित सवै नेताहरुको अनुहार हँसिलो चहकिलो पनि देख्न्थ्यिो । त्यतिमात्रै हैन, आइतबारको बैठकमा प्रमुख तीन दल मिलेरै प्रधानमन्त्री चयन गर्न सहमत समेत भएका छन । सत्तारुढ काँग्रेस÷माओवादी केन्द्र र प्रमुख प्रतिपक्ष एमालेबीच मिलेरै प्रधानमन्त्री चयन गर्न सहमति भएका हुन् । सभामुख ओनसरी घर्तीले प्रधानमन्त्री निर्वाचनका लागि सहमति जुटाउन अपरान्ह बोलाएको बैठकमा प्रमुख तीन दलका शीर्ष नेताहरु सहमतिमै अघि बढन तयार भएका हुन् । बैठकमा प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई दिन छलफल गरेर सहमतिमै प्रधानमन्त्री चयन गर्न प्रस्ताव राखेका थिए । ओलीको प्रस्तावलाई काँग्रेस सभापति एवम् प्रधानमन्त्रीका उम्मेदवार शेरबहादुर देउवाले सहमति जनाउँदै संसद बैठक २ दिन सार्न कुनै आपत्ति नहुने जवाफ दिएका थिए । बैठकपछि संचारकर्मीसँग कुरा गर्दै काँग्रेस सभापति एवम् प्रधानमन्त्रीका उम्मेदवार देउवाले विपक्ष दलका नेता ओलीले सहमतिका लागि २ दिनको समय मागेकाले प्रधानमन्त्रीको निर्वाचन दुई दिन पछि सारिएको प्रतिकृया दिएका थिए । प्रमुख प्रतिपक्ष एमालेका वरिष्ठ नेता झलनाथ खनालले दुई दिन घनिभूत छलफल गरी सहमतिमै नयाँ प्रधानमन्त्री चयन गर्न आफूहरुबीच सहमति भएको बताए । उनले दलीय सहमति अनुसार अघि बढने आफ्नो प्रस्ताव काँग्रेस र माओवादी केन्द्रले पनि स्विकार गरेको जानकारी दिए । माओवादी केन्द्रका सांसद रामनारायण बिडारीले सहमतिमै नयाँ प्रधानमन्त्री चयन गर्न प्रमुख दलहरु सहमत भएको बताए । उनले द्धन्द्ध बढाएर अघि नबढने गरी प्रमुख तीन दलबीच सहमति हुने दावीसमेत गरे । एमालेले सत्तारुढ काँग्रेस÷माओवादी केन्द्रले पेलेरै प्रधानमन्त्री चयन गर्न लागेको भन्दै आपत्ति जनाउँदै आएको थियो । भरतपुर महानगरपालिकामा पुन मतगणना गर्न माग गर्दै एमालेले संसद बैठक अवरुद्ध गर्दै आएको छ । प्रधानमन्त्रीमा काँग्रेस सभापति देउवाको मात्रै उम्मेदवारी परेको छ । संसदले दलहरुको सहमतिमै आगामी मंगलबार दिउँसो १ बजे प्रधानमन्त्रीको निर्वाचन कार्यसूचि तय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप