शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

बत्तीस लाख लुटेर फरार समूह पक्राउ

आइतबार, २१ जेठ २०७४, १७ : ४६
आइतबार, २१ जेठ २०७४
काठमाडौँ, जेठ २१ – महानगरीय प्रहरी अपराध महाशाखाले गत शुक्रबार म्हैपीमा रु ३२ लाख लुटेर भाग्ने समूहलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ठाउँबाट छ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धादिङका अञ्जान थापा, सरोज श्रेष्ठ, गोरखाका सिजन अधिकारी, सन्तोष बोहरा, गुल्मीका ज्ञानबहादुर पुरी र बाग्लुङका तारा बोहरा पक्राउ परेका हुन् । पक्राउ परेकासँग महाशाखाले रु चार लाख १७ हजार नगद, नक्कली सुनजस्तो धातु र दुई थान मोटरसाइकल बरामद गरेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक प्रकाशजङ्ग कार्कीले जानकारी दिए । घटनाका मुख्य योजनाकार भने फरार रहेकाले उनको खोजी कार्य जारी रहेको महाशाखाले जनाएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप