शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

सुरक्षाभत्ता नबढाएको भन्दै सडक प्रदर्शन

आइतबार, २१ जेठ २०७४, २१ : १४
आइतबार, २१ जेठ २०७४
काठमाडौँ, जेठ २१– सामाजिक सुरक्षा भत्ता बढाउनुपर्ने माग गर्दै ज्येष्ठ नागरिकले आज प्रदर्शन गरेका छन् । अग्रज समाज नेपालसँग आबद्ध करिब २०० ज्येष्ठ नागरिकले मिनभवनस्थित सडक विभाग कार्यालय नजिकै सडकमै सुतेर करिब एक घन्टा प्रदर्शन गरेका थिए । ज्येष्ठ नागरिकले सार्वजनिक यातायातमा र उपचार खर्चमा ५० प्रतिशत छुटको व्यवस्था गर्नुपर्ने, कानुनबमोजिम ६० वर्ष पुगेपछि वृद्धभत्ता उपलब्ध गराउनुपर्नेलगायत माग राखेका छन् । समाजका अध्यक्ष महाप्रसाद पराजुलीले अहिले ज्येष्ठ नागरिकले पाइरहेको रु दुई हजारलाई बढाउने भनेर राजनीतिक दलका शीर्ष नेताले प्रतिबद्धता जनाउँदै आए पनि कार्यान्वयन नगरेको गुनासो गरे । स्थानीय तहका जनप्रतिनिधिले ज्येष्ठ नागरिकले पाउँदै आएको भत्ता बढाउन खोजे पनि सरकारले त्यसलाई रोक्न निर्देशन दिएको भन्दै पराजुलीले आपत्ति जनाए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप