ज्येष्ठ नागरिकद्वारा जनप्रतिनिधिको स्वागत
सोमबार, २२ जेठ २०७४, ०८ : २८
बागलुङ, २२ जेठ - ज्येष्ठ नागरिक जिल्ला सङ्घ र राधाकृष्ण मन्दिर सेवा समितिले बागलुङ नगरपालिकाका नवनिर्वाचित प्रमुख, उपप्रमुख र वडाध्यक्षलाई स्वागत गरेको छ ।
आइतबार आयोजित एक समारोहमा प्रमुख जनक पौडेल, उपप्रमुख सुरेन्द्र खड्का र वडा नं ३ का अध्यक्ष लक्ष्मी बास्कोटालाई स्वागत गरिएको हो । सो अवसरमा बोल्दै तीनै जना निर्वाचित जनप्रतिनिधिले बागलुङलाई समृद्ध सहर बनाउने सङ्कल्प गरे ।
चुनावका बेला गरेका प्रतिबद्धतालाई पूरा गर्दै अघि बढ्ने प्रमुख पौडेलले बताए । उनले ज्येष्ठ नागरिकका पक्षमा बनेका ऐन, नियमको प्रभावकारी कार्यान्वयनमा जोड दिने उल्लेख गरे ।
उपप्रमुख खड्काले ‘हाम्रो बागलुङ, राम्रो बागलुङ’ बनाउने प्रतिबद्धता व्यक्त गरे । सबै खाले विकासका दृष्टिबाट बागलुङलाई समृद्ध बनाउने योजना आफूहरुसँग रहेको उनको भनाइ छ ।
वडा अध्यक्ष बास्कोटाले ज्येष्ठ नागरिकको लागि विशेष व्यवस्थाका साथै सामाजिक सुरक्षालाई प्राथमिकता दिइने उल्लेख गरे ।
कार्यक्रममा सहभागी ९६ वर्षीय लालबहादुर थापालगायतका ज्येष्ठ नागरिकले आफ्ना जनप्रतिनिधिलाई पुष्पगुच्छाले स्वागत गरेका थिए ।
रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण