शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

घाइते परियारलाई इजरायलबाट एक लाख

सोमबार, २२ जेठ २०७४, ०८ : ३५
सोमबार, २२ जेठ २०७४
चितवन, २२ जेठ - साइकलको ठक्करबाट गम्भीर घाइते भई हाल उपचाररत दक्षिण चितवनको माडी नगरपालिका–८ जीवनपुरका ४८ वर्षीय कृष्णबहादुर परियारको उपचारका लागि इजरायलमा बस्ने नेपालीले आर्थिक सहयोग गरेका छन् । चितवन समाज इजरायलको प्रयासमा आर्थिक सङ्कलन गरी घाइते परियारको उपचारका लागि रु एक लाख एक हजार १११ सहयोग उपलव्ध गराइएको चितवन समाज इजरायलका महासचिव चिरञ्जीवी मिश्रले जानकारी दिए । सङ्कलित रकम चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिको संयोजनमा अस्पताल मै पुगेर आइतबार घाइते परियारलाई हस्तान्तरण गरिएको मिश्रले बताए । परियार सुकुम्बासी भएकाले उनको उपचारमा आर्थिक समस्या परेको थाहा पाएर सहयोग गरिएको जनाइएको छ । गएको चैत १६ गते माडीमा पैदल हिँडिरहेका बेला साइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । टाउकोमा रगत जमेका कारण उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ । ठक्कर दिने बालकको परिवार पनि सुकुम्बासी र घाइते परियार पनि सुकुम्बासी भएकाले उनको उपचारका लागि आर्थिक अभाव रहेको चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष मुक्तिप्रसाद अधिकारीले बताए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप