झापामा उम्मेदवार अगाडि सार्दै नयाँ शक्ति
सोमबार, २२ जेठ २०७४, ०९ : १७
२२ जेठ, बिर्तामोड – नयाँ शक्ति पार्टीले झापा जिल्लामा चुनावी प्रचार सुरु गरेको छ । दमक नगरपालिकामा नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमले संयुक्त रुप्मा उम्मेदवारको टुंगो लगाएका छन् भने अन्यत्र उम्मेदवारी टुंगिन नसकेको नयाँ शक्तिका जिल्ला संयोजक कुमार बुढाथोकीले जानकारी दिए।
उनले संघीय समाजवादी फोरमले चुनावी एकताका लागि गरिएको केन्द्रीय सहमति विपरित अन्य पार्टीहरुसँग चुनावी सहकार्य गरेकाले नयाँ शक्तिले आफ्नै ढंगले चुनावी अभियान संचालन गर्न लागेको बताए । यद्यपि अन्तिम समयसम्म पनि समाजवादी फोरमसँग उम्मेदवार चयनको विषयमा खुल्ला रहने उनले बताए ।
नयाँ शक्तिले यहाँस्थित केही नगर तथा गाउँपालिकाहरुमा चुनावी भेला र छलफललाई भने जारी राखेको संयोजक बुढाथोकीले बताए । जसक्रममा अर्जुनधारा नगरपालिकामा घरदैलोसहितको चुनावी अभियान जारी राखेको छ । अर्जुनधारामा नयाँ शक्तिले देवकला प्रसाईंलाई प्रमुखमा र श्याम घिमिरेलाई उपप्रमुख पदमा अगाडि सारेको छ ।
सोही नगरपालिकाको वडा अध्यक्षहरु मध्ये वडा नं। २ मा गोविन्द प्रधान, ३ मा बुद्ध बराइली, ४ मा कोशी राई, ५ मा देव कुमारी चौधरी, ७ मा देवेन्द्र मैनाली, ८ मा प्रेम प्रसाद लुईंटेल र वडा नं। ९ मा हरिप्रकाश घिमिरेलाई अगाडि सारिएको संयोजक बुढाथोकीले जानकारी दिए।
त्यसैगरी नयाँ शक्तिले बुद्धशान्ति गाउँपालिकाको उपाध्यक्षमा दिब्या साम्पाङ राईलाई उम्मेदवार बनाउने घोषणा गरेको छ भने सोही गाउँपालिकाको वडा नं। ४ को अध्यक्षमा वीर बहादुर बस्नेत र वडा नं ६ मा कमल भट्टराईलाई उठाउने निर्णय गरेको छ ।
गौरादह नगरपालिकाको वडा नं ३ को अध्यक्षमा धर्म गुरागाईंलाई उम्मेदवार बनाएको पार्टीले भद्रपुर नगरपालिका उपमेयरमा पिंकी कामतीलाई अगाडि सारेको छ भने सोही नगरपालिकाको ५ नं। वडामा मोहम्मद कलिमले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
त्यसैगरी पार्टीले मेचीनगर नगरपालिकामा पनिता ढकाललाई प्रमुख र कान्छा हुमागाईंलाई उपप्रमुख पदमा अगाडि सारेको छ । मेचीनगर नगरपालिकाका केही वडाहरुमा नयाँ शक्तिले उम्मेदवार घोषणा गरिसकेको छ । जस क्रममा वडा नं। ६ मा एस पी लुईंटेल, ९ मा राजन खड्का र ७ मा कृष्ण कट्टेललाई अगाडि सारिएको छ ।
नयाँ शक्तिले त्यस बाहेकका कतिपय नगरपालिका तथा गाउँपालिकाहरुमा भने स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने भएको छ । जस क्रममा शिवसताक्षी नगरपालिकाका प्रमुख र उपप्रमुख पदका स्वतन्त्र उम्मेदवार हरि गौतम एवं लक्ष्मी राजवंशीलाई सहयोग गर्ने बताएको छ । उहाँहरुलाई देशभक्त गणतान्त्रिक मोर्चालेसमेत समर्थन गर्ने निर्णय गरेको जिल्ला संयोजक बुढाथोकीले बताए ।
झापामा दमक, गौरादह, शिवसताक्षी, कन्काई, बिर्तामोड, अर्जुनधारा, मेचीनगर एवं भद्रपुरसहित ८ नगरपालिका र बुद्ध शान्ति, कचनकवल, हल्दिवारी, बारणसी, झापा, गौरीगञ्ज र कमलसहित ७ गाउँपालिका गरी जम्मा १५ कूल स्थानीय तह इकाई छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण