एमालेमाथि हमला गर्दै गृहमन्त्रीका दुई ट्वीट–एमालेसँग मत छैन, फत–फत छ
सोमबार, २२ जेठ २०७४, १० : २७
जेठ २२, काठमाडौं–आइतवार राती साढे १० बजेतिर उपप्रधानमन्त्री एवम् गृहमन्त्री बिमलेन्द्र निधिले दुई वटा ट्वीट गरेका छन् । दुवै ट्वीटमा एमालेमाथि हमला गरिएको छ ।
उनको पहिलो ट्वीटमा छ–संसदको बैठक बस्न नदिएर नयाँ प्रधानमन्त्रीको लागि निर्वाचन हुन नदिनु लोकतन्त्रघाती काम हो । एमालेको यो अन्तरध्वसी भूमिका हो । बंधक बनाउँन पाइदैन ।’
तुरुन्तै निधिको अर्को ट्वीट छ–प्रधानमन्त्री पदको निर्वाचनमा शेरबहादुर देउवाले ३९१ मत पाउने पक्का भयो । अरु पनि आउँदैछन् । एमालेसँग उम्मेदवार पनि छैन, मत पनि छैन । खाली फत–फत छ ।
संसदको बैठक बस्न नदिएर नया प्रधानमंत्रीको लागि निर्वाचन हुन न दिनु लोकतंत्रघाती काम हो। एमालेको योअंतर्ध्वंशी भुमिका हो। बंधक बनाउन पाईदैन।
— Bimalendra Nidhi (@BimalendraNidhi) June 4, 2017
प्रधानमंत्री पदको निर्वाचनमा शेर वहादुर देउवाले 391मत पाउने पक्का भयो। अरु पनि आउदै। एमाले संग उम्मेदवार पनि छैन मत पनि छैन।खाली फत् -फत् छ।
— Bimalendra Nidhi (@BimalendraNidhi) June 4, 2017
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण