शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

सर्वोच्चमा भरतपुर प्रकरण : न्यायाधीश चोलेन्द्र शमशेरको बेन्चमा सुनुवाई हुँदै

सोमबार, २२ जेठ २०७४, १० : ३१
सोमबार, २२ जेठ २०७४

काठमाडौ, जेठ २२ –भरतपुर महानगरपालिका वडा नं. १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयको विरोधमा सर्बोच्च अदालतमा दायर रिटको सोमबार सुनुवाई हुदैछ । सर्वोच्च अदालतका न्यायधीश चेलेन्द्र शम्सेर राणाको एकल इजलासमा परेको रिटलाई सोबारका लागि एक नम्बरमा पेशी तोकिएको छ । यसअघि प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको मुद्धामा भाबुक शैलीमा फैसला गरेका नयायाधीश राणाले भरतपुर प्रकरणमा फैसला कस्तो गर्ने हुन् भन्ने चासो सर्वत्र बढेको छ ।

भरतपुर महानगरपालिका वडानम्बर १९ का एमालेका सदस्य उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले निर्वाचन आयोगको निर्णय बदर गर्नुपर्ने भन्दै उत्प्रेषण माग गरेका थिए । रिट निवेदकले च्यातिएका ९० मतपत्र बदर मानेर मतगणना गर्न गराउन उत्प्रेषणयुक्त परमादेशको माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप