गृहमन्त्री अचानक ओली निवास बालकोटमा
सोमबार, २२ जेठ २०७४, १० : ५१
जेठ २२, काठमाडौं– एमालेमाथि हमला गर्दै दुई ट्वीट लेखेको १२ घण्टापछि उपप्रधानमन्त्री एवम् गृहमन्त्री बिमलेन्द्र निधि एमाले अध्यक्ष केपी ओलीलाई भेटन बालकोट पुगेका छन् ।
काँग्रेस नेतृत्वको सरकार गठनमा राजनीति सहमति जुटाउने जिम्मा पाएका निधि एमालेका अध्यक्ष ओलीलाई भेटन त्यहाँ गएका हुन् । उनीहरुबीच अहिले भेट जारी छ ।
एमालले संसद अवरोध गरेपछि हिजो प्रधानमन्त्री चयनको कार्यसूचि दुई पछाडि सारिएको छ । ओलीको प्रस्ताव अनुसार कार्यसूचि भोलिसम्मका लागि स्थगित गएको काँग्रेस सभापति शेरबहादुर देउवाले बताएका थिए ।
एमालले भरतपुर महानगरपालिकाको वडा नम्वर १९ मा पुनमतदान गराउने निर्वाचन आयोगको निर्णयको विरोध गर्दे आएको छ ।यस विषयमा सर्वोच्चमा परेको रीटमाथि आज सुनुवाई हुँदैछ ।
यस्तो थियो गृहमन्त्रीको ट्वीट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण