शीर्ष नेतासहित सभामुख र प्रमुख सचेतकको बैठक आह्वान
काठमाडौ, जेठ २२ – एमालेले भरतपुर प्रकरणलाई देखाउदै गरेको अवरुद्ध संसद खुलाउन र गतिरोध अन्त्य गर्न सभामुख ओनसरी घर्तीले प्रमुख ३ दलका शीर्ष नेता र प्रमुख सचेतकको संयक्त बैठक बोलाएकी छन् । सोमबार बेलुका ५ वजे सिंहदरवारमा शीर्षसहित प्रमुख सचेतकको बैठक बोलाएको सभामुख घर्तीका प्रेश संयोजक बबिन शर्माले जानकारी दिए । बैठकमा संसदीय गतिरोध अन्त्य गरि मंगलबार हुने प्रधानमन्त्री निर्वाचनका लागि सहज वातावरण बनाउने विषयमा छलफल हुने बताईएको छ । भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएको विषयलाई बहाना बनाएर प्रमुख प्रतिपक्षी एमालेले लगातार संसद अवरुद्ध गर्दै जाँदा प्रधानमन्त्री निर्वाचन नै लम्बिएको छ । संसद अवरोध खुलाउन सभामुख घर्तीको पहलमा प्रमुख दलहरुबीच आइतबार छलफल भएपनि सहमति जुटेको थिएन । आइतबारको छलफलमा एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री निर्वाचन मिति एकदुई सार्न आग्रह गरेपछि संसद बैठक सुचना टाँसेर मंगलबारसम्मका लागि सारिएको थियो । एमालेकै प्रस्तावमा संसद बैठक सारिएको र यो विचमा दलहरुवीच सघन छलपफल गर्न एमाले नेताहरु तयार भएकाले सोमबार बस्ने शीर्षसहित प्रमुख सचेतकहरुको बैठकमा दलहरु सहमतिमा पुग्ने सम्भावना रहेको बताइएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण