गुण्डा नाइके राजु गोर्खाली र देबेन्द्र केसी पक्राउ
राजेश भण्डारी
काठमाडौं, जेठ २२– काठमाडौं प्रहरीले गुण्डा नाइके राजु गोर्खाली र ‘गुरु’ उपनामले चिनिले देवेन्द्र केसीलाई नियन्त्रणमा लिएको छ । दुवैलाई राजधानीको सुन्धारा क्षेत्रबाट नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) छबिलाल जोशीले जानकारी दिए ।
महानगरीय प्रहरी परिसर प्रमुखको रुपमा जोशीको सरुवा भएसँगै उनले गुण्डागर्दी बिरुद्ध अप्रेशन शुरु गरेका थिए । यसअघि दिकप मनाङ्गे, चक्रे मिलन लगायतका दर्जनबढी गुण्डालाई कारवाही गरेका जोशीले सोमबार गोर्खालीलाई पक्राउ गर्नुको कारण खुलाउँदै भने, ‘यीनीहरु मोटाए कि दुब्लाए ? दाह्रा, नङग्रा पलाएको छ कि छैन हेर्नुपर्यो नी !’
सञ्चयकोषको स्वामित्वमा रहेको काठमाडौं मल बाहुबली प्रयोग गरेर ठेक्कामा लिएका गोर्खाली उक्त भवनमा पसलहरु भाडामा लगाउने र भाडा उठाउने काम गर्दै आएका थिए । सुन्धारा देखि चावहिलसम्म आफ्नो गुण्डागर्दीको धन्दा फैलाएका गोर्खाली बिरुद्ध सार्वजनिक अपराधमा म्याद लिएर अनुसन्धान गरिने एसएसपी जोशीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण