विभिन्न कार्यक्रम गरी विश्व वातावरण दिवस मनाईँदै
काठमाडौं, जेठ २२ –विश्व वातावरण दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदैछ । ‘प्रकृतिसँग हाम्रो सम्बन्ध, रहिरहोस् अनन्त’ भन्ने मूल नाराका साथ यो बर्ष विश्व वातावरण दिवस विश्वभर मनाईदैछ ।
यसै अवसरमा जनसंख्या तथा वातावरण मन्त्रालयले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति विद्या भण्डारीले वातावरण संरक्षण गरी सुन्दर भविष्य सुनिश्चित् गर्न सबैलाई आह्वान गरेकी छन् । उनले स्वच्छ वातावरणमा बाँच्न पाउने संवैधानिक अधिकारलाई सुनिश्चित गर्न सरकार, निजी क्षेत्र, गैरसरकारी संघ, संस्था तथा आम नागरिकलाई सचेत र प्रतिवद्ध भएर लाग्न आग्रह गरिन् ।
राष्ट्रपति भण्डारीले वातावरण दिवसलाई सिंगो मुलुकको आर्थिक तथा सामाजिक विकासको महत्वपूर्ण अवसरको रुपमा लिनुपर्ने आवश्यक्ता औंल्याइन् । भावी पुस्ताले स्वच्छ वातवरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने सबैको दायित्व भएको राष्ट्रपति भण्डारीको भनाई छ । कार्यक्रममा वातावरण संरक्षणका क्षेत्रमा उल्लेखनीय योगदान दिएका संघ, संस्थाहरुलाई सम्मान पनि गरिएको थियो । नेपालमा पनि वातावरण विनाश हुँदै गईरहेको विभिन्न अध्ययण प्रतिवेदनमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण