शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

झापाबाटमात्रै ६२ करोडको आलु आयात

सोमबार, २२ जेठ २०७४, १२ : ४४
सोमबार, २२ जेठ २०७४

झापा, जेठ २२ –पूर्वी नाका झापाको काँकरभिट्टा हुँदै नेपालमा आलुको आयात बर्षेनी बढ्दै गएको छ । मुलुकमा अरबौंको व्यापार घाटा भइरहेका बेला पूर्वी नाका काँकरभिट्टाबाट ४ वर्षयता आलुको आयात बढ्दै गएको हो । केहीवर्ष अघिसम्म पूर्वमा उत्पादन गरिएको आलु भारत लगायतमा मुलुकमा निर्यात हुने गर्दथ्यो । तर विगत चार वर्षयता आलुको निर्यात व्यापार ठप्प रहेको क्षेत्रीय प्लान्ट क्वारेन्टाईन कार्यालय, काकरभिट्टाका सूचना अधिकृत विनयकुमार साहले जानकारी दिए । क्षेत्रीय प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका अनुसार चालु आर्थिक वर्ष २०७३÷२०७४ को वैशाख मसान्तसम्ममा मात्र यो नाका भएर ६२ करोड रुपैयाँको बराबरको आलु आयात भएको छ । बैशाखपछि बर्खाको समयमा आलुको आयात अझै बढ्ने देखिएको छ । आर्थिक वर्ष २०७२÷२०७३ मा १ अर्व ११ करोड ९२ लाख रुपैयाँ मुल्य बराबरको ५५ हजार ९ सय ६० मेट्रिक टन आलु भारत, बंगलादेश, भुटानलगायतका मुलुकबाट आयात भएको कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । आर्थिक वर्ष २०७१÷२०७२ मा १ अर्व ७७ करोड ६७ लाख ५६ हजार रुपैयाँ मुल्य बराबरको ९२ हजार ७ सय १२ मेट्रिक टन आलु आयात भएको थियो । नेपालमा उत्पादित आलुले माग धान्न नसकेकै कारण आलुका लागि नेपाल परनिर्भर बन्दै गएको क्वारेन्टाइन अधिकारीहरु बताउँछन् । यहाँबाट भित्रिएको आलु राजधानीसहित देशका मुख्य मुख्य सहर भैरहवा, विराटनगर, बीरगञ्ज, नारायणगढ, इटहरी, धरान, दमकसहित स्थानीय बजारसम्म पुग्ने गरेको कार्यालयका प्राविधिक सहायक समेत रहेका साहको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप