शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

शाहरुख खानमाथि गरियो यस्तो मजाक कि भए ‘आगो’: प्रस्तोताले मागिरहे माफी तर... ( भाइरल भिडियो)

सोमबार, २२ जेठ २०७४, १३ : ०९
सोमबार, २२ जेठ २०७४

एजेन्सी

जेठ २२ – शाहरुख खान हुन त हँसिमजाकका लागि परिचित छन् । तर उनी एक घटनाका कारण निकै रिसाएका छन् । उनको एक भिडियो सार्वजनिक भएको छ जसमा उनी कार्यक्रममा प्रस्तोतालाई मज्जाले गाली गरिरहेको देख्न सकिन्छ । उक्त भिडियो इजिप्टका हास्यकलाकार र प्रस्तोता रमिज गलागको ‘रमिज अण्डरग्राउन्ड’ नामको एक प्रैंक शोको हो जसमा शाहरुख कार्यक्रमकी महिला प्रस्तोतासँग फोहोरको दलदलमा खस्छन् । उनी न त त्यहाँबाट बाहिर निस्कन सक्छन् न नै केही गर्नसक्ने अवस्थामा हुन्छन् । यो अवस्था त्यतिबेला भयानक भइदिन्छ जब उनले आफ्नो अगाडि एउटा ठूलो कोमोडो ड्र्यागन आइरहेको देख्छन् ।

कोमोडो ड्र्यागन देखेपछि शाहरुख डराउँछन् र आफूलाई बचाउने कोसिस गर्न थाल्छन् । यसैका बिच प्रैंकको खुलासा हुन्छ ।

वास्तवमा, कोमोडो ड्र्यागनको लुगामा एक व्यक्ति बाहिर निस्कन्छन्, जो कार्यक्रममा प्रस्तोता हुन् । जब शाहरुखलाई यसबारे थाहा हुन्छन् तब उनी निकै भड्किन्छन् ।

उनी कार्यक्रम प्रस्तोतालाई गाली गर्न सुरु गर्छन् । यसका साथै उनी त्यहाँबाट तुरुन्त निस्कनका लागि आफ्नो टिमलाई बोलाउँछन् । शाहरुखको यो रिसा कार्यक्रमसँग जोडिएका व्यक्तिहरुले चिताएका नै थिएनन् ।

शाहरुखलाई शान्त गर्नका लागि प्रस्तोता उनीसँग पटक पटक सरी भन्छन् तर शाहरुख भने उनीसँग नबोल्ने चेतावनी दिन्छन् ।

स्मरण रहोस्, यसै कार्यक्रम विरुद्ध दुई दिन पहिले एक धर्मगुरुले फतवा जारी गरेका थिए ।

पहिलो भिडियोमा शाहरुख निकै डराएको देख्न सकिन्छ भने दोस्रोमा उनी निकै रिसाएको । उनले कार्यक्रम प्रस्तोतालाई भुँइमा पछारेर उनको मुखमाथि मज्जाले मुड्की ताक्छन् ।

शाहरुख खानलाई जतिसुकै मनाउन खोज्दा पनि उनी रिसाइरहेको देखेर रामेजले शाहरुखको फिल्म बिल्लु बार्बर फिल्मको ‘मरजानी मरजानी’ बोलको गीत गाउँछन् । शाहरुख खान अन्त्यमा एक मुस्कानसहित त्यहाँबाट निस्कन्छन् तर उनले अझै पनि रामेजलाई माफी भने दिएका थिएनन् ।

ती हास्यकलाकारले शाहरुखसँगको सेल्फी ट्वीटरमा समेत हालेका छन् तर उक्त फोटो प्रैंक अगाडि वा पछाडि खिचिएको भन्ने पुष्टि नभएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप