यसरी उभिदैछ भूकम्पको इपिसेन्टर बारपाक (फोटोफिचर)
शम्भु दंगाल
गोरखा, जेठ २१ – झन्डै १६ सय घर धुरी रहेको गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर दुई बर्ष अघि ७.६ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो । भूकम्पको दुई बर्षपछि विभिन्न समस्या झेल्दै बारपाक बिस्तारै उभिदै गरेको छ ।
राष्ट्रिय पुनर्निमार्ण प्राधिकरणले पहिलो किस्ताको ५० हजार रुपैयाँ अनुदान दिएपनि धेरैजसो स्थानीयले अनुदान प्राप्त गर्नुअघि नै आफूखुसी घर निर्माण गरेका छन् । एकीकृत बस्ती निर्माणका लागि उपयुक्त स्थान भए पनि प्राधिकरणको धिमा गतिका कारण बारपाकमा कतिले मापदण्ड पु¥याएर त कतिले आफूखुसी फरक फरक ढाँचाका घर निर्माण गरिरहेका छन् ।
कतिपयले घर निर्माणको अन्तिम चरणमा पु¥याएर तेश्रो किस्ता पाउनुपर्ने अवस्थामा पनि दोश्रो किस्ता समेत पाएका छैनन् ।
यद्यपी बारपाकमा एउटा स्वास्थ्य चौकी भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । विद्यालय भवन निर्माण शुरु गरिए पनि निकै ढिलो गतिमा अघि बढेको गाँउपालिका प्रमुख बिष्णु भट्टले बताए । खानेपानीका संरचना, सडक पूर्वाधार निर्माणको कामसमेत अघि बढिरहेको छ ।
सुलिकोट गाउँपालिका अन्र्तगत पर्ने बारपाकका ४० घर दलितहरु घडेरी नभएका कारण अझै सरकारी जग्गामा आश्रय लिएर बसिरहेको गाउँपालिका प्रमुख भट्टले जानकारी दिए ।
बारपाकमा निर्माण भएका ७ सय घर मध्ये ४ सय घर प्राधिकरणको भवन नीति आउनुअघि नै स्थानीयले निर्माण गरिसकेका थिए । प्राधिकरणको भवन निर्माण कार्यविधी ढिलो आउदा जाडो याममा हिँउ पर्ने र बर्षे झरी अस्थायी संरचनाले नथेग्ने हुँदा स्थानीयले प्राधिकरणको मापदण्ड बन्नु अघि नै घर बनाएका थिए ।
अझै ९ सय घर निर्माणका क्रममा छन् । मापदण्ड अपनाएर बनाउन थालिएका घरहरुले पनि झन्झटिलो कार्यविधी र प्राविधिक पक्षका कारण दोश्रो किस्ताको रकम पाउन सकेका छैनन् । दुई बर्ष अघि भूकम्पले १६ सय घर मध्ये १५ हाराहारीका घर ध्वस्त बनाएको बारपाक यसरी उठ्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण