एनआईसी एशिया बैंकद्वारा वृक्षारोपण
काठमाडौं, जेठ २२–एनआईसी एशिया बैंकले विश्व वातावरण दिवसको अवसरमा सोमबार विभिन्न स्थानमा वृक्ष रोपण गरेको छ । बैंकको कुस्मा शाखाद्वारा जिल्ला प्रहरी कार्यालय पर्वत, बैंकको अत्तरीया शाखाद्वारा कैलालीस्थित सैनिक आवासीय महाविद्यालय, ईलाम शाखाद्वारा ईलाम नगरपालिकाको बाल उद्यानमा वृक्ष रोपण गरेको हो । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षारोपण गरेर हरियाली अभियानद्वारा वातावरणीय सन्तुलनमा योगदान पु¥याएको बैंकले जनाएको छ ।
बैंकले देशभरी रहेका आफ्ना शाखाहरुको पहलमा देशका विभिन्न स्कुल, अस्पताल, सरकारी कार्यालय परिसर, उद्यान, खेलकुद मैदान आदि जस्ता स्थानहरुमा वृक्षारोपण एवं संरक्षणका लागि उपयुक्त स्थान छनौट गरि सम्बन्धित संस्था तथा निकायको सहकार्यमा वृक्षारोपण गर्दै आइरहेको जनाएको छ । बैंकले यहि आर्थिक वर्ष भित्र मुलुकभर ७ हजार विरुवा रोप्ने पनि जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण