शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

राष्ट्रिय फोटो पत्रकार समुहको भक्तपुर शाखा घोषणा

सोमबार, २२ जेठ २०७४, १३ : ४९
सोमबार, २२ जेठ २०७४
भक्तपुर,जेठ २२ –राष्ट्रिय फोटो पत्रकार समुह भक्तपुरमा विस्तार भएको छ । सोमवार नयाँ ठिमी भक्तपुरको संखधर पार्टी प्यालेसमा भएको कार्यक्रममा राससका फोटोपत्रकार रत्नकृष्ण श्रेष्ठको नेतृत्वमा ९ सदस्यीय समुह चयन भएको हो । समितिकोे उपाध्यक्ष रमेश गिरि, सचिव जयराम वास्तोला ,सहसचिव राम गोपाल तमखु,कोषाध्यक्ष लक्ष्मि गारु र सदस्यहरुमा विजय कोजु,सुन्दर शिल्पकार,सविना केसी र सरोज वाडे चयन भएका हुन् । पत्रकार महासंघ भक्तपुर साखाका अध्यक्ष पुस्कर वुढाथोकीले फोटोपत्रकारहरुको हकहितको साथै आउदो चुनौतीको वारेमा प्रस्ट पारेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप