लागुऔषधसहित तीनजना पक्राउ, बेवारिसे अवस्थामा ४४० थान मोबाइल सेट बरामद
लहान, २२ जेठ । प्रहरीको गस्ती टोलीले आज बिहान सिरहाको भगवानपुर गाउँपालिका–४ स्थित दुर्गा मन्दिर नजिकबाट लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ ।
प्रहरी चौकी ठाडीबाट खटिएको टोलीले लागुऔषधसहित लहान नगरपालिका–५ निवासी २२ वर्षीय सनाहुल हक, २४ वर्षीय मोहमद अस्लम र ११ वर्षीय अबराल सेखलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुको साथबाट लागुऔषध डाइजेपाम २० एम्पुल, लुपिजेसिक १० एम्पुल र फेनारान २९ एम्पुल बरामद भएको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ ।
बेवारिसे अवस्थामा ४४० थान मोबाइल सेट बरामद
प्रहरीको टोलीले गएराति सिरहाको बरियारपट्टि गाउँपालिका–३ बाट बेवारिसे अवस्थामा ठूलो परिमाणमा मोबाइल सेट बरामद गरेको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा खटिएको बरियारपट्टि गाउँपालिका–३ बाट रु सात लाख चार हजार मूल्यबराबरको जेन कम्पनीको पी ६१ मोडलको ४४० थान मोबाइल सेट बरामद भएको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ ।
बरामद भएको मोबाइल सेट आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पूर्वाञ्चल एकाइ कार्यालय इटहरी सुनसरी पठाएको जनाएको छ ।
निःशुल्क स्वास्थ्य शिविरमा १५० बिरामीको उपचार
लहान नगरपालिका–३ हस्पिटल चोकस्थित अल्फ्रेड हेल्थकेयर एन्ड डायगनोस्टिक सेन्टर प्रालिको आयोजनामा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरमा विभिन्न रोगबाट पीडित १५० भन्दा बढीले स्वास्थ्य जाँच गराएका छन् ।
शिविरमा मधुमेह, उच्च रक्तचाप, दम, मुटुरोग, थाइराइड, ग्यास्ट्रिक, निमोनियालगायतबाट पीडित ५० जना महिला र १०० जना पुरुषले निःशुल्क स्वास्थ्य जाँच गरेका हुन् ।
कन्सल्टेन्ट फिजिसियन डा विवेक प्रभात साह, बालरोग विशेषज्ञ डा राजेन्द्र राईलगायतका विशेषज्ञ चिकित्सकहरुको सम्पन्न निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य चेकजाँच गराएका बिरामीलाई निःशुल्क औषधिसमेत प्रदान गरिएको पोलिक्लिनिकका सञ्चालक रोशन कुशवाहाले जानकारी दिए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण