ज्योति विकास बैंकको एकैसाथ ३ शाखा स्थापना
काठमाडौं, जेठ २२– ज्योति विकास बैंकले सुनसरीको झुम्का, सुर्खेतको बीरेन्द्रनगर तथा दाङ्गको घोराहिमा एकै दिन ३ नयाँ शाखा स्थापना गरेको छ । ३० औं शाखा सुनसरीको झुम्कामा नेपाल राष्ट्र बैंक बिराटनगरका निर्देशक रामु पौडेल र उद्योग बाणिज्य संघ झुम्काका अध्यक्ष सगेन चौधरीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । त्यस्तै ३१ औं शाखा सुर्खेतको बीरेन्द्रनगरमा उद्योग बाणिज्य संघ सुुर्खेतका अध्यक्ष प्रकाश अधिकारी र बैंकका संचालक जगदिश्वर प्रसाद अधिकारीले संयुक्त रुपमा उद्घाटन गरेका हन् । ३२ औं शाखा दाङ्गको घोराहीमा नेपाल राष्ट्र बैंक नेपालगंजका निर्देशक गुरु प्रसाद पौडेल, उद्योग बाणिज्य संघ दाङ्गका अध्यक्ष हेमराज बन्जाडे र बैंकका संचालक नारायण प्रसाद पौडेलले संयुक्त रुपमा उद्घाटन गरेको बैंकले जनाएको छ । हाल शाखा सहित ३२ शाखा, एउटा एक्टेन्शन काउन्टर तथा १२ वटा एटीएम मार्फत स्तरीय बैंकिङ्ग सेवा प्रदान सुरु भएको जनाइएको छ । ज्योति विकास बैंकको हालको चुक्ता पँुजी १ अर्ब १० करोड ४३ लाख रहेको छ । १ः१ को हकप्रद शेयर जारी गरीरहेकोे छ । यस अघि झिमरुक विकास बैंकसंग मर्जर प्रक्रिया सम्पन्न गरी एकिकृत रुपमा कार्य संचालन गरी सकेको छ ।
त्यस्तै राप्तीभेरी विकास बैंकलाई प्राप्तीको प्रक्रियामा छ । यसरी राष्ट्रिय स्तरको विकास बैंकलाई चाहिने चुक्ता पुँजी २ अर्ब ५० करोड सहजै पु¥याउने लक्ष्य लिई अघि बढिरहेको बैंकले जनाएको छ ।
पछिल्लो समयमा व्यवसायको बृद्धि तथा मुनाफामा उल्लेखनीय प्रगति गरीसकेको यस विकास बैंकले यसै आर्थिक बर्षको तेस्रो त्रैमासिक सम्ममा निक्षेप ९ अर्ब ३५ करोड तथा कर्जा ८ अर्ब ३८ करोड प्रवाह गरी खुद मुनाफा १९ करोड २७ लाख आर्जन गरेको छ । बैंकले निस्क्रिय कर्जाको अनुपात १ प्रतिशत भन्दा तल झारीसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिनाको पहिलो दिन कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण