शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

यस्ता छन् देवदहको माओवादी उम्मेदवार

सोमबार, २२ जेठ २०७४, १४ : ४७
सोमबार, २२ जेठ २०७४

टंक सुनार

रुपन्देही, जेठ २२ –नेकपा माओवादी केन्द्रले देवदह मेयरमा नमराज पुरी र उपमेयरमा टिका गौतमलाई अघि सारेको छ । आईतबार बुटवलमा पत्रकार सम्मेलन गरी रुपन्देहीका १६ स्थानीय तहमध्ये १२ वटा तहका उम्मेदवारको टुङगो लगाएको हो ।

माओवादीले बुद्धको मावलीको रुपमा परीचित आध्यात्मिक नगर देवदहको प्रमुखमा केन्द्रीय सदस्य नमराज पुरी र उपप्रमुखमा जिल्ला सदस्य टिका गौतमलाई अघि सारेको माओवादी रुपन्देही इन्चार्ज हकिकुल्लाहा खाँले जानकारी दिए ।

विकाश प्रेमी नेताका रुपमा परीचित पुरी दशबर्षे जनयुद्धका यस क्षेत्रका कमाण्डर हुन भने गौतम संर्घर्षशिल महिला नेत्रृ हुन ।

उमेदवार नमराज पुरी को हुन् ? नमराज पुरी देवदह क्षेत्रबाट ठुला राजनैतिक दलको केन्द्रीय सदस्य बन्ने पहिलो ब्यक्ति हुन् । विकाशप्रेमि नेताका रुपमा आफ्नो छवि बनाएका पुरी देवदहमा रहेका विभिन्न संस्थाहरुको संस्थापक समेत छन् । पेशाले चार्टर एकाउन्टेन पुरी लामो समय पत्रकारीताका माध्यमबाट समेत क्रियाशिल रहेका थिए । रेडियो देवदहका संस्थापक, देवदह टेलिभिजनका सल्लाहाकार तथा लालकलम पत्रिकाका प्रधान सम्पादक उनी केरवानी मावी देवदहको अध्यक्ष, देवदह खानेपानीको अध्यक्ष लगाएत दर्जन वढि सामाजिक संघ संस्थामा सक्रिय रहदै आएका छन् । पुरी माओवादीमा मात्रै नभई अन्य राजनैतिक दलका नेता कार्यकर्ता माझ पनि लोकप्रिय छन् । देवदह क्षेत्रको विकाशका काममा प्रत्यक्ष सहभागि पुरीको देवदहलाई सम्पन्न पर्यटकीय नगर बनाउने योजना छ । उपप्रमुख पदका उमेदवार गौतम माओवादी केन्द्रले उपप्रमुखमा अघि सारेका उम्मेदवार टिका गौतम माओवादी जिल्ला सदस्य हुन् । संर्घर्षशील नेतृको छवि बनाएकी गौतम देवदहका संघ संस्थाको नेतृत्व गर्ने थोरै महिलामध्येमा पर्छिन् । सानाकिशान सहकारी संस्था लिमिटेडको नेतृत्व हाँकिरहेकी गौतम ंग महिला शसक्तिकरणका क्षेत्रमा काम गरेको लामो अनुभव छ । महिलाहरुलाई नेतृत्व नदिएसम्म महिला शसक्तिरकण हुन नसक्ने उनको बुझाई छ । महिला पछि पर्नुको मुख्य कारण आर्थिक परनिर्भरता भएकाले महिलालाई अगाडी बढाउन आर्थिक पहुँचमा प्राथमिकता दिनु पर्ने उनको जोड छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप