शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

भरतपुर महानगरपालिकाको विवाद समाधान नभएसम्म संसद चल्न दिँदैनौंः एमाले

सोमबार, २२ जेठ २०७४, १० : ०९
सोमबार, २२ जेठ २०७४

काठमाडौं, जेठ २२–प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भरतपुर महानगरपालिकाको मतगणना विवाद समाधान नभएसम्म प्रधानमन्त्री निर्वाचन हुन नदिने अडान लिएको छ ।

एमाले उपाध्यक्ष भीम रावलले भरतपुर महानगरपालिकाको मतगणना विवाद समाधान गर्न सत्तारुढ काँग्रेस र माओवादी केन्द्र तयार नभई प्रधानमन्त्री निर्वाचन प्रक्रिया अघि बढाउन दिन नसकिने प्रष्टयाएका हुन् ।

सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्ता पक्षकै कारण प्रधानमन्त्री निर्वाचन प्रक्रिया अघि बढन नसकेको आरोप समेत लगाए ।

एमालेले सरकार तथा सत्तारुढ काँग्रेस/माओवादीे केन्द्रकै दवावमा निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुन मतदान गर्न निर्देशन दिएको दावी गर्दै मान्य नहुने चेतावनी दिँदै आएको छ ।

एमालेले भरतपुर महानगरपालिकामा पुनः मतगणना गर्न माग गर्दै संसद बैठक अवरुद्ध पार्दै आएको छ । एमालेले संसद बैठक अवरुद्ध गरेकै कारण प्रधानमन्त्री निर्वाचन पनि प्रभावित भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप