शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

सम्पदाको प्रेमको इशारा नाचे खेम

सोमबार, २२ जेठ २०७४, १७ : २७
सोमबार, २२ जेठ २०७४
काठमाडौं , जेठ २२ – पाँचथर तारा रोजिना थाम्सुहाङले नयाँ गीत ‘एक ईशारा’ भिडियो सहित सार्वजनिक भएको छ । भिडियोमा मोडल सम्पदा बानियाँ र खेम सम्बहाम्फेको जोडदार अभिनय रहेको छ । डिपि खनालका शब्दमा रहेको गीतको भिडियोमा प्रेमी प्रेमीकाको प्रेमालाप दर्शाईएको छ । यो गीतमा धनु ज्ञाङ्मीको संगीत रहेको छ । भिडियोको निर्देशन देव जंग थापाले गरेका हुन् । ज्ञानेन्द्र शर्माले छायाँकन गरेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन छ । भिडियोको छायाँकन मकवानपुरको कुलेखानीमा गरिएको छ । इस्ट कास्ट क्रियशनले भिडियो निर्माण गरेको यो गीतको अडियो ब्यवस्थापन डिएनपि म्यूजिक प्रालीले गरको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप