लागु औषधसहित एक भारतीय नागरिक प्रहरी नियन्त्रणमा
सोमबार, २२ जेठ २०७४, १७ : २९
काठमाडौं, जेठ २२– भारतको रक्सौल स्थायी घर भएका २२ वर्षीय राहुल कुमार शाह लागु औषध सहित पक्राउ परेका छन् ।
सोमबार विहान करिब १० बजे महानगरीय प्रहरी वृत स्वयम्भुबाट खटिएको प्रहरी टोलीले शाहलाई पक्राउ गरेको हो ।
विशेष सुचनाको आधारमा काठमाडौं महानगरपालिका–१५ बुद्धपार्कबाट पक्राउ परेका शाहले झोलामा लुकाई छिपाई बोकेको नुफिन १०० पिस, डाईजेपाम १ सय एम्पुल, फेनारगन १ सय एम्पुल बरामद गरिएको प्रहरी वृत स्वयंभुले जनाएको छ ।
शाहबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण