मर्करीमुक्त स्वास्थ्य सेवा उपलव्ध गर्न माग
काठमाडौ, जेठ २२ – वातावरणविद्हरुले मर्करीमुक्त स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारसँग माग गरेका छन । उनीहरुले मर्करीयुक्त थर्मोमिटरको प्रयोगमा बन्देज लगाउने कानुन प्रभावकारी कार्यान्वयन गर्न नसकेकोमा सरकारको आलोचना समेत गरेका छन् ।
विश्व वातावरण दिवसको अवसर पारेर सोमबार काठमाडांैमा आयोजित एक कार्यक्रममा बोल्दै वातावरणविद् रामचरित्र साहले मर्करीले वातावरणलाई पानी र हावाको माध्यामबाट प्रदुषित गर्दै लैजाने भएकालेलाई त्यसलाई बन्देज लगाउने कानुन प्रभावकारीे कार्यान्वयन गर्न सरकारसँग माग गरे ।
उनले मर्करीको असरलाई बेलैमा न्यूनिकरण नगरे जनताको स्वास्थ्यमा प्रतिकूल असर पर्दैै जाने चेतावनी पनि दिए । वातावरणविद्हरुले मर्करीको सम्पर्क भईरहे स्नायु प्रणाली, मृगौला, स्वास प्रश्वास र प्रजनन प्रणालीमा असर गर्दै मानव स्वास्थ्यलाई कमजोर बनाउने पनि स्पष्ट पारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण