नवनिर्वाचित प्रधानमन्त्री देउवालाई चीनको बधाई
मङ्गलबार, २३ जेठ २०७४, २१ : १९
काठमाडौँ, जेठ २३ – नेपाली काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा नेपालको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकोमा चीनले बधाई दिएको छ ।
नेपालका लागि चिनियाँ राजदूत यु होङ आज साँझ देउवाको निजी निवास बुढानिलकण्ठमा पुगी प्रधानमन्त्री पदमा निर्वाचित भएकोमा उनलाई चिनियाँ सरकारकातर्फबाट शुभकामना व्यक्त गरेको देउवाका सहयोगी भानु देउवाले जानकारी दिए ।
सो अवसरमा राजदूत होङले नेपाल–चीन सम्बन्धमा थप प्रगाढ हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री देउवाको सफल कार्यकालको कामना गरे।
जवाफमा नवनिर्वाचित प्रधानमन्त्री देउवाले नेपाल–चीनबीचको सम्बन्ध सुमधुर हुने विश्वास दिलाउँदै शुभकामनाप्रति धन्यवाद व्यक्त गरेको थियो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण