शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

आगलागीबाट तीन चौपायाको मृत्यु ,लाखौको क्षति

बुधबार, २४ जेठ २०७४, ०९ : १०
बुधबार, २४ जेठ २०७४
- सन्जय मिश्र जेठ २४, रौतहट - रौतहटको पुर्वी भेग बृन्दाबन गाउँपालिका स्थित गएराती एकघरमा आगलागी हुँदा दुई गोरुसहित तीन चौपायाको मृत्यु भएको छ । आगलागीबाट घरमा रहेको काठ लगायतका सामान जलेर लाखौको क्षति भएको छ । लामखुट्टे धपाउन बालिएको घुरबाट सल्किएर बृन्दाबन ८ का भोला पन्डित को घरमा गएराती २ बजे आगलागी भएको थियोे । आगलागी बाट घर गोठमा रहेको दुईवटा गोरु,एउटा् भैसिको जलेर मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नविनकृष्न भण्डारीले बताए । त्यसैगरी घरभित्र रहेको काठ लगायतका सामग्री जलेर चारलाख ३० हजार बराबरको क्षति भएको भण्डारीले जनाएका छन । असैई बिन्देश्वर राउतको कमान्डमा प्रहरी चौकी बिर्ता बाट गएको टोलि र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा भएको जिल्ला प्रहरी रौतहट ले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप