पतिको स्मृतिमा वृद्धाश्रम
बुधबार, २४ जेठ २०७४, ०९ : ४०
इलाम, २४ जेठ । इलामको गोदकस्थित माईभगवती वृद्धाश्रम परिसरमा नवनिर्मित आवास भवनको उद्घाटन गरिएको छ ।
आफ्ना स्वर्गीय पति मेजर दिलीप राईको स्मृतिमा पत्नी राधा राईले वृद्धाश्रममा वृद्धवृद्धालाई सहयोग पुगोस् भनेर चार लाख नगद प्रदान गरेको र सो रकममा अन्य स्रोतबाट पनि थप गरेर छ लाख ९० हजारको लागतमा तीनकोठे एकतले भवन निर्माण गरिएको वृद्धाश्रम प्रबन्ध समितिका सचिव धर्म गौतमले जानकारी दिए ।
वृद्धाश्रमको मुख्य प्रवेशद्वार छेउमै रहेको सो आवास भवन वृद्धाश्रममा रहेको शिवमन्दिरका पुजारीको आवासका रूपमा प्रयोग हुने कुरा प्रबन्ध समितिले जनाएको छ ।
वृद्धाश्रम परिसरमा बालउद्यान लगायतका पूर्वाधार निर्माण गरिने विष्णु दहालले जानकारी दिए । हाल आश्रममा तीन आवासीय भवन, एक भान्साघर, एक मन्दिर छ । वृद्धाश्रममा १३ जना वृद्धवृद्धा बस्दै आएका छन् ।
रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण