शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

सपथअघि उपप्रधान तथा अर्थमन्त्री महराको बिदाइ

बुधबार, २४ जेठ २०७४, १४ : ५९
बुधबार, २४ जेठ २०७४

काठमाडौँ, २४ जेठ । अर्थ मन्त्रालयले उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महरालाई आज मन्त्रालयमा एक कार्यक्रम गरी बिदाई गरेको छ ।

सो अवसरमा उपप्रधान एवम् अर्थमन्त्री महराले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा आफूले मुलुकमा सङ्घीयता कार्यान्वयनका लागि आर्थिक वर्ष २०७४/७५ को बजेट स्थानीय तहमा केन्द्रित गरिएको बताए ।

आफू अर्थ मन्त्रालयमा रहँदा कोहीप्रति आग्रह वा पूर्वाग्रह नराखी समान रूपमा काम गरेको अनुभव सुनाउँदै उनले अत्यन्त मेहनतका साथ काम गरेर आफूलाई सहयोग गरेकोप्रति मन्त्रालयका कर्चचारीलाई धन्यवाद व्यक्त गरे ।

सोही अवसरमा मन्त्रालयका सचिव शान्तराज सुवेदीले मुलुकको आर्थिक विकास र समृद्धिका लागि उपप्रधान एवम् अर्थमन्त्री महराले देखाएको मार्गनिर्देशन महत्वपूर्ण रहेको धारणा व्यक्त गरे ।

नेपाल राष्ट्र बैँकका गर्भनर डा चिरञ्जीवी नेपालले महरा अर्थमन्त्री भएपछि मात्रै नेपालको आर्थिक वृद्धिदर बढेको उल्लेख गर्दै सङ्घीय बजेट ल्याउने पहिलो अर्थमन्त्रीको रूपमा पनि महरा परिचित भएका छन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप