यी महिलाका कारण फिल्ममा नायिकासँग अंतरंग दृश्य गर्दैनन् सलमान
एजेन्सी
जेठ २४ – आजकाल नायक नायिका बोल्ड र इन्टिमेट दृश्य गर्न अलिकति पनि हिच्किचाउँदैनन्, यस्तोमा सलमान खान एक यस्ता नायक हुन् जसले आजसम्म आफ्नो कुनै पनि फिल्ममा इन्टिमेट सीन गरेका छैनन् ।
कहानीको माग अनुसार जहाँ आमिर खानजस्ता ठूला नायक कपडा उतार्नसम्म पछि पर्दैनन् भने सलमान एक्ला नायक हुन् जो अनस्क्रिन इन्टिमेट सीनको नामबाटै भाग्ने गर्दछन् ।
आखिर सलमानले यस्तो नगर्नुको कारण के होला ? कसको कारणले उनी यस्तो प्रकारको दृश्य छायांकन गर्न हिच्किचाउँछन् ?
सलमान आफैंले पनि एक पटक कसैका कारण अनस्क्रिन अंतरंग पलमा सहभागी नभएको उनले बताएका थिए ।
यसका कारण हो सलमानकी आमा सलमा खान । सलमानका अनुसार उनकी आमा उनको सबै फिल्म हेर्ने गर्दछिन् । यस्तो अवस्थामा उनी चाहँदैनन् कि उनकी आमाले उनका कारण कुनै पनि प्रकारको लज्जाबोध महसुस नगरुन् । साथै, उनको फिल्म परिवारसँगै बसेर हेर्ने भएकाले आफू यस्ता दृश्यबाट टाढै बस्ने गरेको बताए ।
स्मरण रहोस्, सलमान आफ्नो फिल्ममा नायिकालाई चुम्बन गर्दैनन् । त्यसका लागि सलमानले फिल्मसँगको सम्झौतामा ‘नो किसिङ’ बुँदालाई राख्ने गर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण