शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

सफलताका वावजुद रियल विश्वको धनी क्लब रहेन

बुधबार, २४ जेठ २०७४, १५ : ४०
बुधबार, २४ जेठ २०७४

न्युयोर्क, जेठ २४ – यो वर्ष स्पेनिस क्लब रियल म्याड्रिडका लागि उत्कृष्ट रह्यो । उसले मैदानमा एकपछि अर्को जित हासिल गर्दै ला लिगा र च्याम्पियन्स लिगको उपाधि जित्न सफल रह्यो । तर, मैदान बाहिर भने क्लबले हार बेहोर्नुपरेको छ । रियललाई पछि पार्दै म्यान्चेस्टर युनाइटेड फोर्बसको सूचीमा विश्वको धनी क्लब बनेको हो । पछिल्लो ५ वर्षमा युनाइटेड पहिलो पटक शीर्ष स्थानमा उक्लेको हो ।

प्रिमियर लिगमा छैटौँ स्थानमा सिमित भए पनि क्लबको मूल्य ३.६९ बिलियन डलर रहेको छ । यो गत वर्षभन्दा ११ प्रतिशतले बृद्धि हो ।

युनाइटेडले गत वर्ष ७६५ मिलियन डलर आयआर्जन गर्न सफल रह्यो जुन स्पेनिक क्लब बार्सिलोना र रियलभन्दा ७५ मिलियन डलरले बढी हो । घरेलु टेलिभिजन सम्झौता, विश्वव्यापी विज्ञापनमा पहुँच, एडिडासको ९० मिलियन डलरको सम्झौताले क्बलाई फाइदा पुगेको बताइएको छ ।

अमेरिकाको ग्लाजेर परिवारको स्वामित्व रहेको युनाइटेडले गत वर्ष २८८ मिलियन डलर आम्दानीसमेत गरेको थियो ।

स्पेनिस क्लब रियल म्याड्रिडले फुटबल मैदानमा सफलता पाए पनि आम्दानीमा गत वर्षको ३.६४ बिलियन डलरको तुलनामा २ प्रतिशतले घट्दै ३.५८ बिलियन डलर पुगेको छ ।

रियल बार्सिलोनाभन्दा पनि पछि तेस्रो स्थानमा खस्केको छ ।

यस्ता छन्  शीर्ष १० धनी क्लब

१. म्यान्चेस्टर युनाइटेड ३.९ बिलियन डलर

२. बार्सिलोना ३.६४ बिलियन डलर

३. रियल म्याड्रिड ३.५८ बिलियन डलर

४. बायर्न म्युनिख २.७१ बिलियन डलर

५. म्यान्चेस्टर युनाइटेड २.०८ बिलियन डलर ६. आर्सनल १.९३ बिलियन डलर

७. चेल्सी १.८५ बिलियन डलर

८. लिभरपुल १.४९ बिलियन डलर

९ युभेन्टस १.२६ बिलियन डलर

१०. टोटनहम हटस्पर्स १.०६ बिलियन डलर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप