यस्तो छ देउवाबारे राजनीतिक विश्लेषकहरुको बुझाई
बुधबार, २४ जेठ २०७४, १६ : ०८
काठमाडौं, जेठ २४– राजनीतिक विश्लेषकहरुले प्रधानमन्त्री शेरबहादुर देउवाले तीनै तहको निर्वाचन गर्न सकेमात्रै सफल प्रधानमन्त्री हुने बताएका छन् ।
काठमाडौमा बुधबार भएको साक्षात्कारमा उनीहरुले देउवाका सामु धेरै चुनौती रहेपनि निर्वाचन प्रमुख रहेको बताए । कार्यक्रममा विश्लेषक पुरुषोत्तम दाहालले बाँकी तीन तहकै निर्वाचन निर्धारित मितिभित्रै सम्पन्न गर्न सके प्रधानमन्त्री देउवाको चौथो कार्यकाल पुर्ण सफल हुने स्पष्ट पारे ।
प्रधानमन्त्री देउवासामू असन्तुष्ट मधेशवादी दललाई निर्वाचनमा भाग लिने वातावरण निर्माण गर्नु, माओवादीसँगको सत्ता साझेदारीलाई उचित उपभोग गर्नुजस्ता चुनौति रहेको बताउँदै उनले भने, ‘देउवाको विगत जस्तो भएपनि यो कार्यकालफरक छ, उनका सामुन्नेमा केही चुनौति छन्, संविधान संशोधन नभईकन निर्वाचनमा भाग नलिने भनेका छन्, माओवादीको सत्तासाझेदारीलाई टिकाई राख्नुपर्नेछ, यसअघिका प्रचण्डले उचित उपभोग गरेका छन्, त्यसैगरी देउवाले पनि सत्ता उपभोग गर्न सक्नुपर्छ ।’
त्यस्तै प्रचण्डले देउवाका लागि सबै भन्दा पहिले चुनौति काँग्रेस भएको ठोकुवा गरेका छन् ।
उनले अघि थपे,‘काँग्रेस नै देउवाको चुनौति हो, उनको विगत हेर्दा मिलाएर अघि बढ्न सक्छन्, जसले मिलाउने सामथ्र्य राख्छ त्यो नै सफल बन्छ, आजको खाँचो पनि यही हो, मित्र राष्ट्रसँगको सम्बन्ध, तीन तहको निर्वाचन गर्नु, विकासका आधारस्तम्भ खडा गर्नुजस्ता कुराहरू चुनौतिका रुपमा उभिएका छन्, उनले चुनौतिलाई अवसरमा देखेको खण्डमा उनको राजनीतिक ईतिहास संग्लिने छ, यदि सन्तुलनको कमि देखाए भने उनको राजनीति अवसान हुनेछ ।’
सम्बन्ध सुधार गर्नुपर्छ ः डा.सुन्दरमणि
डाक्टर सुन्दरमणि दिक्षितले मुलुक सिद्धान्त र बिचारका आधारमा चल्नुपर्ने बताएका छन् । पछिल्लो चरणमा काँग्रेस र माओवादीबीचको गठबन्धनबाट नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाको चौथो कार्यकाल बिचारको हिसाव भन्दापनि सत्ताको लोभबाट बनेको उनको गुनासो छ ।
उनले भने, ‘यसले मुलुकलाई सहज अवस्थामा पुर्याउँदैन, कुनैबेला टाउकाको मुल्य तोक्ने र गोली ठोक्नेहरू आज कुन विचारको आधारमा एक भए ?, यसभित्र ठुलो रहस्य छ, सत्ता हत्याउने र परिवारलाई निर्वाचनमा जिताउनको लागि मात्रै हो ।’
लेखेर राख्नुस् लम्ब्याउँछन् ः डा. सुरेन्द्र के.सी
अर्का वाम राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले नव–निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकाल सफल बनाउनको लागि सत्ता व्यवस्थापनमा जोड दिनुपर्ने बताएका छन् ।
उनले भने,‘देउवा र प्रचण्ड मिलेर वर्तमान सत्ता चलाईरहेका छन्, अब देउवा र प्रचण्डको काँधमा मुलुकका धेरै समस्या थपिएका छन्, ती समस्या समाधान गर्नको लागि निक्कै प्रयत्नशिल रहनुपर्छ, सत्ता व्यवस्थापन, मधेशवादी दललाई सरकारमा ल्याउने कुरा, मधेशी जनताका माग पुरा गर्ने कुरा, प्रतिपक्ष दल एमालेलाई विश्वासमा ल्याउँने कुरा यी सारा कुरालाई दिगो रुपमा व्यवस्थापन गर्न सक्नु नै आजको आवश्यकता हो, आजको आवश्यकता निर्वाचन होइन ।’
अवसरको रुपमा लिनुपर्छ ः कर्ण
अर्का विश्लेषक एवम् कुटनीतिज्ञ विजयकान्त कर्णले प्रधानमन्त्रीमा देउवाको यो चौथो कार्यकाल भएकोले तीनवटै तहको निर्वाचन सम्पन्न गरे सफल मानिने बताएका छन् ।
उनले भने‘हामीले तीनवटा सरकार हेरिसकेका छौँ, अब हाम्रो बीचमा चौथो कार्यकालको नेतृत्व बोकेर आएका छन्, उनले हिजोकोजस्तो सत्तालाई दुरुपयोग गर्नेछैनन्, उनको जीवनमा यो कार्यकाललाई अवसरको रुपमा लिनुपर्छ, आजको आवश्यकता भनेको मधेशीमोर्चाका माग सम्बोधन गर्नु हो, मलाई लाग्छ मधेका समस्या संसदमा छैनन।’, तराईका जनताका बीचमा छन्,
उनले अघि थपे‘तराईका नेताहरूसँग तराईका समस्या छैनन्, मधेशका माग सम्बोधन गर्नको लागि मधेशी जनता सडकमा आउनुको विकल्प छैन्,
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण