गाउँकै पहिलो बिद्यावारिधी उपाधी प्राप्त गर्ने सम्मानित
बुधबार, २४ जेठ २०७४, १६ : ४१
खोटाङ,जेठ २४– गाउँकै पहिलो बिद्यावारिधी उपाधी प्राप्त गर्ने खोटाङ दोर्पाका डाक्टर तोयानाथ खनाललाई एक बिद्यालयले सम्मान गरेको छ ।
रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाका डाक्टर खनाललाई दोर्पाबाट बिद्यावारिधी गर्ने पहिलो ब्यक्ति भई उदाहरणीय र प्रेरणादायी ब्यक्तित्व बनेको भन्दै अन्नपुर्ण माबि. दोर्पाले बुधबार सम्मान गरेको हो ।
नेपाल सरकार शिक्षा मन्त्रालयअन्र्तगत उपसचिब पदमा कार्यरत खनालले काठमाण्डौ बिश्व बिद्यालयबाट ‘शैक्षणिक नेतृत्व’ बिषयमा गाउँको तर्फबाट पहिलो पटक हालै बिद्यावारिधी (पीएचडी) गरेका थिए । डाक्टर खनालले बिक्रम संम्बत २०५० साल ताका करिब ५ बर्षसम्म दोर्पास्थित बिद्योदय माबिमा प्रधानाध्यापकको जिम्मेवारी समेत सम्हालेका थिए । सम्मान ग्रहणपश्चात डाक्टर खनालले बिद्याथीबीचमा शिक्षाको महत्वको बारेमा बोलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण