सामान भित्र्याउँदा गुणस्तर प्रमाण चिह्न लिनुपर्ने
काठमाडौँ, २४ जेठ । नेपाल गुणस्तर तथा नापतौल विभागले विदेशमा उत्पादित ११ प्रकारका सामग्री भित्र्याउँदा नेपाल गुणस्तर प्रमाण चिह्न अनिवार्य प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ ।
विभागले साधारण पोर्टल्यान्ड सिमेन्ट, साधारण स्लाग, पोर्टल्यान्ड पोजोलोना सिमेन्ट, एलपीजी सिलिन्डर, ड्राइसेल एन्ड ब्याट्री, फलामे छड, जिआइ वायर, कम्पोजिट ग्यास सिलिन्डर तथा ट्युब्स, पिभीसी केवल, एलपीजी रेगुलेटर र भल्व फिटिङ्ससम्बन्धी सामग्री भित्र्याउँदा अनिवार्य नेपाल गुणस्तर प्रमाण चिह्न लिनुपर्ने व्यवस्था गरेको हो ।
विभागका प्रवक्ता रोमी मानन्धरले विदेशमा उत्पादित वस्तु विदेशबाटै नेपाल गुणस्तर प्रमाण चिह्न लगाएर नेपाल ल्याउने व्यवस्था गरिएको जानकारी दिए । उनले भने, “अहिलेसम्म विदेशी सामान नेपालमा ल्याएर गुणस्तर प्रमाणपत्र दिने व्यवस्था थियोे अब विदेशबाटै लगाएर ल्याउनुपर्ने व्यवस्था गरेका छौँ ।”
उनले गुणस्तर चिह्न प्रयोग नगरी सामान नेपाल भित्र्याएमा भन्सार कार्यालयको सहयोगमा कारबाही गरिने स्पष्ट पारे । अहिलेसम्म नेपालमा ६१ वस्तु र २०३ उद्योगले नेपाल गुणस्तर प्रमाण चिह्न पाएका छन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण