स्कूल बसमा धनुषा ट्राफिकको निगरानी
जनकपुरधाम, जेठ २४ –धनुषा ट्राफिकले मंगलबारदेखि जनकपुरका स्कूल बसहरुमा कडाईका साथ चेकजाँच थालेको छ । जनकपुरको भ्रमपुराचौक स्थित ब्राईट जोन एकेडेमी स्कुलको विद्यार्थी पिकअप जीपमा ओसारपसार गरेको तस्वीर फेसबुकमार्फत सार्वजनिक भएपछि ट्राफिक सक्रिय भएको हो । मालसामान ढुवानी हुने पिकअप जीपमा बालबालिकाहरु ओसारपसार गरिरहेको तस्वीर सोमबार समाजिक संजालमर्फत सार्वजनिक भएको थियो । बालबालिका बोकेको उक्त पिकअप जीपको तस्वीरमा आफ्नो प्रतिक्रिया लेख्दै विद्यालयमाथि कारबाहीको माग गरिएको छ । समाजिक संजालमा जिल्लास्थित ट्राफिक प्रहरीको पनि आलोचना हुन थालेपछि मंगलबार एकाएक सक्रिय भएको हो । सीटभन्दा बढी बालबालिका ओसारपसार गर्न नपाउने भएपनि जनकपुरका स्कुल बसहरुमा बालबालिकालाई कोचेर ल्याएको देखिन्छ । ट्राफिक प्रमुख हरिनन्दन चौधरीले भने– ‘यस्ता किसिमका चेकजाँच हामीले पहिले पनि गरिरहेका थियौ तर यस्तो फेला परेको थिएन यो तस्वीर सार्वजनिक भएपछि हामीले सो नियन्त्रणका लागि बिशेष अभियान थालेका छौ ।’ उनले ४० वटा गाडी चेकजाँचको क्रममा कारबाहीमा परेको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण