प्रधानमन्त्री राष्ट्रिय क्रिकेट प्रतियोगितामा आर्मी र पुलिसबीच प्रतिस्पर्धा हुने
काठमाडौँ, २४ जेठ । प्रथम प्रधानमन्त्री राष्ट्रिय क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्ने भएका छन् ।
कीर्तिपुरस्थित त्रिवी मैदानमा भोलि हुने अन्तिम खेलमा दुबै टोली विजय लक्ष्यका साथ प्रतिस्पर्धामा उत्रने छन् । त्रिभुवन आर्मी क्लबले सेमिफाइनल खेलमा मध्यमाञ्चल विकास क्षेत्रलाई चार विकेटले पराजित गर्दै फाइनलमा आफनो स्थान सुरक्षित गरेको थियो ।
त्यस्तै नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल ९एपिएफ० लाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । मुलुकको सर्वाधिक पुरस्कार राशि भएको जारी उक्त प्रतियोगितामा त्रिभुवन आर्मी क्लब अपराजित छ । समूहचरणको खेलमा तीन खेल खेलेको आर्मीले तीन खेलमा नै जित हासिल गरेको थियो । पहिलो खेल पूर्वाञ्चल विकास क्षेत्रलाई– ९ विकेटले पराजित गर्दै आर्मीले विजयी भएको थियो । त्यसैगरी आर्मीले सुदूरपश्चिमाञ्चल विकास क्षेत्रलाई आठ विकेट र नेपाल पुलिस क्लबलाई सात विकेटले पराजित गरेको थियो ।
यता समूह चरणको खेलमा समान तीन खेल नै खेलेको नेपाल पुलिस क्लबले दुई खेलमा जित तथा एक खेलमा हार बेहोरेको थियो ।
पुलिसले सुदूरपश्चिमाञ्चल विकास क्षेत्रलाई सात विकेट र पूर्वाञ्चल विकास क्षेत्रलाई नौ विकेटले पराजित गरेका थिए । त्यस्तै क्लबले आर्मीसँग भने पराजित भएको थियो ।
राष्ट्रिय खेलकुद परिषद् ९राखेप०ले आयोजना गरेको उक्त प्रतियोगिताको विजेता टोलीले रु २० लाख प्राप्त गर्नेछ भने उपविजेताले रु १० लाख प्राप्त गर्नेछन् । उक्त फाइनल खेल भोलि बिहान ९ः०० बजेदेखि कीर्तिपुरस्थित त्रिवी मैदानमा सुरु हुनेछ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण