रुरु गाउँपालिकामा काँग्रेस र माओवादीबीच तालमेल
गुल्मी, २४ जेठ । दोस्रो चरणअन्तर्गत हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि गुल्मीको रुरु गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा ९माओवादी केन्द्र० बीच तालमेल हुने भएको छ ।
माओवादी केन्द्रले रुरु गाउँपालिका प्रमुखसहित दुईवटा वडा अध्यक्षमा र काँग्रेसले उपप्रमुखसहित चारवटा वडा अध्यक्षमा उम्मेदवारी दिने सहमति भएको नेपाली काँग्रेसका जिल्ला सचिव खिलध्वज पन्थीले बताउनुभयो ।
सहमतिअनुसार रुरु गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रबाट यदु ज्ञवाली तथा उपप्रमुखमा काँग्रेसका देवेन्द्र मल्ल उम्मेदवारी दिइने छ । त्यस्तै छवटा वडा रहेको सो गाविसको बङ्म्घा र बलेटक्सार वडाका अध्यक्षमा माओवादी केन्द्र तथा थानपती, रुरु, रिमुवा र ग्वादी गरी चारवटा वडा अध्यक्ष काँग्रेसलाई दिने सहमति भएको माओवादी केन्द्रका केन्द्रीय सदस्य बुद्धि जिसीले बताउनुभयो ।
एमालेले उक्त गाउँपालिकाका प्रमुखमा निलकण्ठ गौतम र उपप्रमुखमा लक्ष्मीदेवी पन्थलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
गुल्मीमा दुई नगरपालिका र १० गाउँपालिकासहित १२ स्थानीय तह रहेका छन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण