शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

पाँच फोटोमा हेर्नुहोस् सपथमा प्रधानमन्त्री र ‘फस्ट लेडी’ को जम्काभेट

बुधबार, २४ जेठ २०७४, १७ : २५
बुधबार, २४ जेठ २०७४

कृष्ण खड्का

जेठ २३, काठमाडौं । स्थान : राष्ट्रपति भवन शितल निवास

कार्यक्रम : नवनिर्वाचित प्रधानमन्त्री शेरबाहादुर देउवाको सपथग्रहण समारोह समय : २ बजे

राष्ट्रपति बिद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबाहादुर देउवा तथा मन्त्री परिषदका सदस्यहरुलाई पद तथा गापनियताको सपथ खुवाएपछि शूरु भयो बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रम ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई पूर्व प्रधानमन्त्री, बिदेशी कुटनीतिक नियोग, विभिन्न क्षेत्रका ब्यक्तित्वहरुले लाइन बसेर खादा लगाइदिँदै शुभकामना दिँदै गइरहेका थिए ।

त्यही शुभकामना दिने लाइनमा अचानक आइपुगिन देउवा पत्नि आरजु राणा । उनले मुस्कुराउँदै आफ्ना पतिलाई नमस्कार गर्दै शुभकामना दिइन् । आफ्नै पत्नीले नमस्कार गरेपछि अकमक्क परेका देउवाले पनि मुस्कुराउँदै तत्कालै नमस्कार फर्काए । आरजुले नमस्कार गरे लगतै गला मिलाउन खोजेकी हुन् कि जस्तो गरेर अलमलिँदै थिइन् । प्रधानमन्त्री देउवाले हातले बिस्तारै पन्छाउँदै बिदा गरे । शूभकामना दिने लाइनमा कांग्रेसका नेताहरु प्रकासशरण महत र रमेश लेखकको बीचमा रहेकी आरजु राणा हाँस्दै बाटो लागिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप