मनसराको उपचारका लागि अभियान थालियो
बुधबार, २४ जेठ २०७४, १७ : ४३
कालिकोट, जेठ २४– रफत संचार क्लव कालिकोटले क्यान्सरपीडित बालिका मनसरा लुवार बचाउ अभियान थालेको छ । जिल्लाको रास्कोट नगरपालिका वडा नं. ७ पुच्छेगाउकी ४ वर्र्षीया क्यान्सरपीडित मन्सराको आर्थिक अभावकै कारण ज्यान गुमाउन नदिन क्लवले अभियान थालेको हो ।
अभियानकै क्रममा बुधबार बिभिन्न व्यक्ति तथा संस्थाबाट गरी २९ हजार ८ सय २० रुपैयाँ आर्थिक सहयोग संकलन गरी शानिमा बैक शाखा कालिकोटमा क्यानसर पीडित बालिका मन्सराको नाममा रहेको ०४४००००००१०० नम्बरको खातामा जम्मा गरिएको क्लव अध्यक्ष बिष्णुप्रसाद न्यौपानेले जानकारी दिए ।
आफ्नो आँखामा लागेका चोटका कारण क्यानसरको पीडा भोगिरहेकी बालिका मन्सरा अहिले कान्ति बाल अस्पतालमा उपचार गराइरहेकी छन् । मनसरासँग बुवा रने लुवार र एक जना छिमेकी कालीबहादुर महतरा साथमा रहेको आफन्तहरुले बताएका छन् ।
यो पनि,
मनसराको आँखा उपचार गर्न काठमाडौं ल्याइयो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण