मौरीपालनबाट वार्षिक अठार लाख आम्दानी
बुधबार, २४ जेठ २०७४, १८ : २५
दाङ, जेठ २४ – तुलसीपुर नगरपालिका– १० का माधव केसीले मौरीपालन व्यवसायबाट मनग्य आम्दानी गर्दै आएका छन्।
केसीले मौरीपालन व्यवसायबाट वार्षिक रु १८ लाख आम्दानी गर्नुहुन्छ । विसं २०६० मा कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुर कृषि क्याम्पसबाट कृषिमा स्नातक तहसम्मको अध्ययन गर्नुभएका केसीले जागिरलाई थाती राखी कृषि व्यवसायलाई अङ्गालदै आएका हुन् ।
केसीले २०६२ सालमा चार घार मौरीबाट व्यवसाय सुरु गर्नुभएको हो । हाल उहाँले ७०० घार मौरी पालेका छन् । उनले २०६९ सालमा ‘प्राकृतिक मह उत्पादन तथा मौरीपालन फार्म’ दर्ता गराएको हो । उनले गत वर्ष पाँच हजार किलो मह बिक्री गरी रु १२ लाख ५० हजार आम्दानी गरेको बताए।
त्यस्तै एक हजार रानु मौरी उत्पादनबाट रु पाँच लाख आम्दानी गरेको छ । ‘वार्षिक रु १८ लाख भन्दाबढी आम्दानी हुन्छ,’ केसीले भने ।
मौरीको घारलाई एक हजार बनाउने उनको लक्ष्य छ । पाँच जनाले रोजगार समेत पाएका छन् । केसीलाई कृषि विकास कार्यालयले गत वर्ष राष्ट्रपति उत्कृष्ट पुरस्कार प्रदान गरेको थियो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण