शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

कामु प्रधानन्यायाधीश पराजुलीद्वारा काम सुरु

बुधबार, २४ जेठ २०७४, १८ : ३३
बुधबार, २४ जेठ २०७४
काठमाडौँ, जेठ २४ – वरिष्ठतम् न्यायाधीश गोपाल पराजुलीले आजदेखि सर्वोच्च अदालतको कायममुकायम प्रधानन्यायाधीशको काम सुरु गरेका छन् । प्रधानन्यायाधीश सुशीला कार्की मङ्गलबार उमेर हदका कारण सेवानिवृत्त भएपछि वरिष्ठतम् न्यायाधीश पराजुलीले कायममुकायम न्यायाधीशका रुपमा काम सुरु गरेका हुन् । पराजुलीले आजदेखि इजलास र पेसी तोक्ने काम सुरु गरेको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए । न्यायपरिषद्ले बैठक बसी प्रधानन्यायाधीशमा नाम सिफारिस गर्नुपर्ने भए पनि हालसम्म बैठक नै बसेको छैन । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप