शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

भारत र चीनसँग सुमधुर सम्बन्ध भए मात्रै मुलुकको हितः महरा

बुधबार, २४ जेठ २०७४, १८ : ३७
बुधबार, २४ जेठ २०७४
काठमाडौं, जेठ २४– नवनियुक्त उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भारत र चीनसँग सुमधुर सम्बन्ध कायम राखेर मात्रै मुलुकको हित हुने बताएका छन् । बुधबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेर पदभार ग्रहण गरेलगत्तै संचारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले दुई देशको सम्बन्ध सुधारमा आफ्नो जोड रहने बताए । उनले राष्ट्रहितलाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । परराष्ट्रमन्त्री महराले सबै छिमेकसँग मित्रवत व्यवहार गर्नु नै मुलुकको परराष्ट्र नीति हुने पनि स्पष्ट पारे । उनले राष्ट्रहित विरोधी गतिविधि मुलुक भित्र भए/नभएको कडा निगरानी गर्ने अठोट पनि गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप