वैदेशिक रोजगारका समस्यालाई चाँडो समाधान गर्छु : श्रममन्त्री मन्सुर
बुधबार, २४ जेठ २०७४, १९ : ०७
काठमाडौँ, जेठ २४ – श्रम तथा रोजगारमन्त्री फरमुल्ला मन्सुरले वैदेशिक रोजगारको क्षेत्रका देखिएका समस्यालाई चाँडो समाधान गर्ने आफ्नो पहिलो प्राथमिकता हुने बताए ।
आज मन्त्रालयमा पदबहाली गर्दै नवनियुक्त मन्त्री मन्सुरले खाडी मुलुकको समस्या समाधानका लागि आफूले सक्ने काम आफूले गर्ने र नभए मन्त्रिपरिषद्को बैठकमा लगेर भए पनि समाधान गर्ने बताए ।
मन्त्री मन्सुरले संविधानको अधीनमा रही जनताको सेवा गर्ने काम आफ्नो कार्यकालको प्रमुख प्राथमिकता हुनेसमेत बताए।
उनले आफू जनताको प्रतिनिधिको हैसियतले मन्त्री बनेको बताउँदै जनतालाई सेवा पुर्याउने काममा लाग्न कर्मचारीलाई आग्रह गरे । साथै उनले पारदर्शी तरिकाले काम गर्न कर्मचारीलाई निर्देशनसमेत दिए ।
विसं २०११ मा बारा जिल्लाको भवानीपुर वडा नं ३ मा जन्मिएका मन्सुर १६ वर्षको उमेरमा नेपाल विद्यार्थी सङ्घको राजनीतिमा लागेको थियो । विसं २०२८ मा भारतको पटनामा विश्वेश्वरप्रसाद कोइरालाको हातबाट नेपाली काँग्रेसको सदस्यता लिनुभएका मन्सुर विसं २०३४ देखि ०३६ सम्म काँग्रेस बाराको सहसचिव बनेको थियो ।
विसं २०३६ देखि २०४७ सम्म जिल्लाको सचिव, २०४८ देखि २०५७ पार्टी सभापति हुँदै विसं २०५७ मा काँग्रेसको दशौँ महाधिवेशनमा केन्द्रीय सदस्य बनेको थियो ।
पटकपटक जेल परेका उनी विसं २०५६ मा भएको आमनिर्वाचनमा बारा क्षेत्र नं ४ बाट प्रतिनिधिसभाको सदस्य चुनिए ।
यस्तै, विसं २०७० मा भएको दोस्रो संविधानसभाबाट सभासद् बन्नुभएका उहाँ विसं २०६४ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारको विज्ञान तथा प्रविधिमन्त्री बनेको थियो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण